ad ad

कारोबार


दैलेखका विद्यार्थीलाई जापानी झोला वितरण

दैलेखका विद्यार्थीलाई जापानी झोला वितरण

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १४:४९,

रुपान्तरण नेपालले दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका विद्यार्थीलाई जापानी झोला उपहारस्वरूप वितरण गरेको छ ।

शनिबार चामुण्डा कलेजमा एक कार्यक्रम आयोजना गरी रूपान्तरण नेपालले जापानी झोला वितरण गरेको हो ।

युमी नेपाल, जापानको सहयोग र चामुण्डाविन्द्रासैनी नगरपालिकाको समन्वयमा नगरपालिकाअन्तर्गत सार्वजनिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई झोला उपहारस्वरूप वितरण गरिएको छ ।

jhola dailekh 3

‘जापानी झोला सहयोग कार्यक्रम’अन्तर्गत रूपान्तरण नेपालले सार्वजनिक विद्यालयमा पढ्ने ४ हजार भाई बहिनीहरूलाई पढाइप्रति थप उत्प्रेरित बन्न मद्दत पुगोस भन्ने ध्येयले झोला वितरण गरेको हो ।

उपहारस्वरूप वितरण गरिएका सुविधायुक्त जापानी झोलाहरु पानीजहाजमा २ महिना लगाई समुन्द्रीमार्गबाट नेपाल ल्याइएको रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले बताए ।

उनले कर्णाली प्रदेश प्राकृतिक रूपमा स्रोत साधनले सम्पन्न भएता पनि दक्ष जनशक्ति विकासमा निकै पछाडि रहेकाले गुणस्तरीय शिक्षामा संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले चामुण्डा विन्द्रासैनी नगरपालिकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुन्द्र पारीबाट झोला पठाइएको सन्दर्भमा खुशी व्यक्त गर्दै कर्णाली समृद्धिका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउदैनौँ तबसम्म विकासले तिव्र गति लिदैन’, उनले भने, ‘विकासलाई तिव्र गतिमा अघि बढाउन शिक्षालाई नै प्रथामिकतामा राख्नुपर्छ ।’

कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाही, उप–प्रमुख ताराकुमारी शाही (खत्री)लगायत पनि सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .