सुनको मूल्य बढेको छ। आइतरबारको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँ बढेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतरबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ९४ हजार प्रतितोला पुगेको हो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार चाँदीको मूल्य समेत वृद्धि भएको छ। आइतबार प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएकोमा सोमबार १ हजार १ सय ६५ रुपैयाँ पुगेको हो।
171
Shares

प्रतिक्रिया