तानसेन सिमेन्ट भारत निर्यात सुरु भएको छ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट भारत निर्यात हुन थालेको हो।
नेपालबाट पहिलोपटक सिमेन्ट विदेश निर्यात हुन थालेको कम्पनीले जनाएको छ। शुक्रबार भैरहवा स्थत सुनौली नाकाबाट तीन ट्रकमा ५० केजीका ३ हजार बोरा (१५० मेट्रिकटन) तानसेन ब्रान्डको सिमेन्ट भारतको गोरखपुर निर्यात भएको हो।
कम्पनीका अनुसार पहिलो चरणमा उद्योगले १० लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको हो। तानसेन सिमेन्ट उत्पादन सुरु भएको २ वर्ष मात्रै भएको छ। जेठ १५ मा आएको बजेट कार्यक्रमल सिमेन्ट निर्यातमा नगद अनुदान दिने बताएको छ।
99
Shares
प्रतिक्रिया