ad ad

कारोबार


मर्जरको लागि इन्भेष्टमेन्ट र मेगा बैंकलाई राष्ट्र बैंकको सहमति

मर्जरको लागि इन्भेष्टमेन्ट र मेगा बैंकलाई राष्ट्र बैंकको सहमति

फाइल तस्बिर


नेपालखबर
असार २३, २०७९ बिहिबार १३:१०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको लागि  सैद्धान्तिक सहमति दिएको छ। बुधबार पत्र लेख्नै राष्ट्र बैंकले सहमति प्रदान गरिएको बताएको हो। 

एक आपसमा गाभ्ने आभिने (मर्जर प्रयोजनका लागि सम्बन्धित  विनियमावली २०७३ को चौथो संशोधन बमोजिम सहमति प्रदान गरेको जनाएको छ। 
अब अन्तिम  स्वीकृतिका लागि यस बैंक समक्ष संयुक्त निवेदन  पेश गर्नुपर्ने समेत राष्ट्र बैंकले जनाएको छ। साथै कर्मचारीको पद मिलान  तथा सेवा सुविधाको निर्णय समेत पेश गर्नुपर्ने बताएको हो। 

यी दुई वाणिज्य बैंकहरु मर्जरमा जान  जेठ २७ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

समझदारी पत्रमा उल्लेख भएअनुसार बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ। त्यस्तै १००:९० को स्वाप रेसियो हुने छ। मर्जरपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३/३ जना बोर्ड डाइरेक्टर रहनेछन्। त्यसमा एक जना स्वतन्त्र डाइरेक्टर एनआईबीएलले नियुक्त गर्नेछ। 

त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहनेछन्। भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज श्रेष्ठ रहनेछिन्। बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाँडे रहने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .