राजनीति


एसपीपी सम्झौताबारे बोल्दै प्रचण्डले भने : प्रधानमन्त्रीको अमेरिका भ्रमण अब सम्भव छैन

एसपीपी सम्झौताबारे बोल्दै प्रचण्डले भने : प्रधानमन्त्रीको अमेरिका भ्रमण अब सम्भव छैन

फाइल फोटो


नेपालखबर
असार २३, २०७९ बिहिबार १३:९, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अब हुन नसक्ने बताएका छन्। 

पार्टी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा उनले सैन्य सम्झौता एसपीपीका कारण प्रधानमन्त्रीको अमेरिका भ्रमण अब हुन नसक्ने बताएका हुन्। 

'हिजोको मात्रै कुरा हो। प्रधानमन्त्रीसँग अमेरिका भ्रमणबारे कुरा भएको छ। कोही हु्ँदैछ, कोही हुँदै छैन भन्दैछन् भनेर मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ', उनले भने, 'एसपीपी त सरकारले अगाडि नबढाउने भनेर निर्णय गरिसक्यो। तर एसपीपीको साटो एसपीए आउँदैछ भन्दा उहाँले अब कुनै सम्झौता हुँदैन भन्नु भयो।'

उनले एसपीपीको साटो अमेरिकाले एसपीए ल्याएकोबारे गठबन्धनविरुद्ध भ्रम फैल्याउने काम भएको उल्लेख गरे।  

'प्रधानमन्त्रीले यसबारे गठबन्धन तोड्न चाहनेले भ्रम फैल्याएको हो भन्नु भयो, कुनै पनि सम्झौता हुँदैन भन्नु भएको छ', दाहालले थपे, 'अब प्रधानमन्त्रीको अमेरिका भ्रमण पनि निश्चित छैन। भयो भने राष्ट्रसंघको साधारणसभाको बेलामा हुने सम्भावना छ।'

सरकारले एसपीपी सम्झौता अघि नबढाउने निर्णय लिएको अवस्थामा दाहालले अब देउवा अमेरिका नजाने दोहोर्‍याए। 'अब प्रधानमन्त्रीको अमेरिका भ्रमण हुँदैन। भ्रमण कार्यक्रम अमेरिकाबाट स्वीकृत भइसक्यो रे भन्ने कुरा साँचो होइन', उनले भने, 'अब अमेरिका भ्रमण हुने स्थिति हुन सक्दैन, त्यो सम्भव छैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .