कारोबार


अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमासम्बन्धी सम्झौता

नेपालखबर
असार १७, २०७९ शुक्रबार १६:५६, काठमाडौँ

अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच सम्झौता भएको छ। 

ज्यापु समाज यलसँग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न सो सम्झौता भएको हजोड इन्स्योरेन्सले जनाएको छ। 

अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले सम्झौतामा हस्ताक्षर गरे।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad