ad ad

कारोबार


सरकारले बजार अनुगमन कडा पार्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने

अर्थले ग्यारेन्टी दिएपछि कर नघटाई इन्धनको मूल्य घटायौँ : मन्त्री बडू
सरकारले बजार अनुगमन कडा पार्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने

फाइल तस्बिर


नेपालखबर
असार १५, २०७९ बुधबार १७:१२, काठमाडौँ

इन्धनको मूल्य उच्च हुँदै जाँदा बजारमा आकाशिएको मूल्यवृद्धि नियन्त्रणमा सरकार जुट्ने भएको छ। 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजार अनुगमन तथा मूल्यवृद्धि नियन्त्रण गर्ने जानकारी गराएका हुन्। 

मन्त्री बडूका अनुसार सबै सरकारी निकायहरु अन्तर्समन्वय गरेर कृत्रिम मूल्यवृद्धि नियन्त्रण गरिनेछ। 

उनले पत्रकार सम्मेलनमा भने, ‘वाणिज्य विभाग, कृषि मन्त्रालयअन्तर्गतका निकाय, सीडीओ कार्यालयहरुसँग समन्वय गरेर अनुगमन गर्ने र मूल्यवृद्धि नियन्त्रण गर्नेछौँ।’  

त्यस्तै इन्धनको मूल्य पछिल्लो समय घटेकाले बढेको ढुवानी भाडा घटाउने उनले बताए। 

नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री बडूले अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए। 

उनले भने, ‘यसको ग्यारेन्टी अर्थले लिएको छ।’ 

आयल निगम घाटामा गएपछि निगमले आफ्नो केन्द्रीय कार्यालय धितोमा राखेर कर्जा लिने निर्णय गरेको समेत उनले पत्रकार सम्मेलनमा बताए। 

पत्रकार सम्मेलनमा उपस्थित आपूर्ति तथा वाणिज्य सचिव गणेश पाण्डेले केन्द्रीय कार्यालय धितो राखेर कर्जा लिन र निक्षेप राख्न खोजेको निगमबारे जवाफ दिएका थिए। 

शोधभर्ना सुनिश्चित हुँदा किन धितोमा राखेको भन्ने प्रश्नमा सचिव पाण्डेले निगम एउटा व्यापारिक संस्था भएको र घाटामा गएकाले कर्जा र निक्षेपको काम संस्थाले गर्न पाउने बताए। 

‘सोही कारण निगमको मागलाई सम्बोधन गरेका हौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .