कारोबार


भिभो वाई ५५ नेपालमा, मूल्य ३३ हजार ९९९

भिभो वाई ५५ नेपालमा, मूल्य ३३ हजार ९९९

नेपालखबर
असार १२, २०७९ आइतबार १४:३३, काठमाडौँ

स्मार्टफोन ब्रान्ड भिभोले वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ। 

वाई सिरिजअन्तर्गतको वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ। 

यो एकसाथ धेरै एपहरु प्रयोय गर्दा पनि स्मुद अनुभव सुनिश्चित गर्न ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जले यसलाई फैशनेबल र टेक सेभी प्रयोगकर्ताहरुका लागि प्रचुर विशेषताहरुले भरिपूर्ण स्मार्टफोन बनाउँछ । 

वाई५५ले भिभोको उल्लेखनीय नवीन डिजाइन र प्रविधि समावेश गर्दछ, जसले उपभोक्ताहरूलाई १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्रीका साथ शक्तिशाली प्रदर्शनमार्फत आफ्नो व्यक्तित्व झल्काउने क्षमता प्रदान गर्दछ।

स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको छ । सामाजिक संजाल र वास्तविक जीवनमा अप्टुडेट रहन नवीन विशेषताहरूसहित पावर–प्याक उपकरण खोज्ने यूवा प्रयोगकर्ताहरुको जीवनशैली अनुरुप वाई५५ लाई रणनीतिक रूपमा डिजाइन गरिएको छ।

वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको छ भने ग्राहकहरुले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad