कारोबार


अवकाश कोषको बचतमा डेढ प्रतिशत थप प्रतिफल

अवकाश कोषको बचतमा डेढ प्रतिशत थप प्रतिफल

नेपालखबर
असार १२, २०७९ आइतबार १४:१, काठमाडौँ

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने भएको छ। 

कोषको आर्थिक वर्ष २०७७/०७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिइने भएको हो। कोष सञ्चालक समितिको यही असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। 

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ। 

कोषका अनुसार प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad