ad ad

कारोबार


तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि एम्बुलेन्सदेखि ज्येष्ठ नागरिक विश्रामस्थलसम्म (पूर्णपाठ)

तिलोत्तमाको नीति तथा कार्यक्रम : कृषि एम्बुलेन्सदेखि ज्येष्ठ नागरिक विश्रामस्थलसम्म (पूर्णपाठ)

सुदीप भण्डारी
असार ९, २०७९ बिहिबार २०:५०, बुटवल

तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष को लागि नीति तथा कार्यक्रम ल्याएको छ।

नगरप्रमुख रामकृष्ण खाँणले नीति कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति कार्यक्रममा शिक्षातर्फ आगामी ५ वर्षमा सबै विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने, महिनामा १ पटक जनप्रतिनिधिले विद्यालय अवलोकन गर्ने, सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट, बिजुली र पानीमा ५० प्रतिशत छुट दिने कार्यक्रम छ।

स्वास्थ्य तर्फ प्रत्येक वडामा दक्ष नर्ससहित २४ सै घण्टा प्रसुती सेवा, सेमरा हेल्थ पोष्टलाई १५ शैय्याको अस्पताल बनाउने, सुत्केरी, ज्येष्ठ नागरिक घुम्ती सेवा कार्यक्रम गर्ने बताइएको छ।

कृषितर्फ तिलोत्तमा कृषि एम्बुलेन्स सञ्चालन, नगरप्रमुख किसान कार्यक्रम, सामुहिक सहकारी खेती प्रणालीलाई अनुदान लगायतका कार्यक्रम रहेको नगरप्रमुख खाणले बताए।  

पर्यटन तर्फका कार्यक्रममा शंकरनगर वनवाटिका रहेको चिडियाघरलाई प्रदेशस्तरको बनाउने। कुञ्ज पार्कलाई रात्रीकालिन पार्कको रुपमा विकास गरिने, सुखौरा खोलाको नदी उकास जग्गामा मिनी सौराहाको रुपमा विकास गरिने कार्यक्रम रहेको नीति कार्यक्रममा उल्लेख छ।

युवा तथा महिलासँग उपमेयर कार्यक्रम, एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल जस्ता कार्यक्रम पनि समेटिएको छ।

पूर्वाधारतर्फ फागुन मसान्तभित्र सम्झौता र जेठ मसान्तभित्र भुक्तानीको नीतिलाई कडाइ गरिने, प्रादेशिक बसपार्क, चिस्यान केन्द्र पीपीपी मोडलमा सञ्चालन गर्ने। १३ नम्बर वडामा अटोभिलेज स्थापना गर्न पहल गर्ने कुरा नीति कार्यक्रममा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .