काठमाडौं महानगरले यातायात सहजीकरणको लागि मेट्रो रेल स्थापना गर्ने नीति अघि सारेको छ।
महानगरको ११औँ बैठकमा मेयर बालेन्द्र शाहले मेट्रो रेल स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने बताएका हुन्।
नीति तथा कार्यक्रममा काठमाडौंमा मेट्रो रेल स्थापनाको सम्भाव्यताको अध्ययन गर्न सरकारी तथा अन्य निकायसँग सहकार्य गरिने उल्लेख छ।
त्यस्तै काठमाडौं महानगरले कला क्षेत्रलाई प्रवर्द्धन गर्न डबलीहरुको पुनर्स्थापना तथा एम्पी थिएटर स्थापना गरिने भएको छ।
240
Shares

प्रतिक्रिया