कारोबार


नेपाल बैंकका सञ्चालकको स्वागत तथा विदाइ कार्यक्रम

नेपाल बैंकका सञ्चालकको स्वागत तथा विदाइ कार्यक्रम

नेपालखबर
असार ५, २०७९ आइतबार १४:५०, काठमाडौँ

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक सदस्य रितेश कुमार शाक्यको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा मनोनयन भई आएका छन्।

शर्माले यही असार ३ गते आयोजित एक कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष अर्यालले सार्वजनिक प्रसाशन तथा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका सञ्चालक पाएकोमा खुसी व्यक्त गर्दै सञ्चालक शर्मालाई बैंकको सञ्चालक समितिमा स्वागत गरे।

अर्यालले सञ्चालक सदस्यबाट विदा भएर जान लागेका रितेश कुमार शाक्यले आफ्नो कार्यकालमा बैंकको सञ्चालक समितिमा रहेर पुऱ्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे।

नवनियुक्त सञ्चालक सदस्य शर्माले नेपालको पहिलो बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा बैंकको सर्वोपरी हितमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा निर्वतमान सञ्चालक शाक्यले सम्पूर्ण बैंक परिवारलाई धन्यवाद व्यक्त गरे। बैंक सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापनका पदाधिकारीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनियुक्त सञ्चालक शर्मालाई सञ्चालक समितिमा स्वागत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad