कारोबार


उच्च प्राथमिकता दिएर घरेलु उद्योगको प्रवर्द्धन गर्छुः उद्योगमन्त्री भट्ट

उच्च प्राथमिकता दिएर घरेलु उद्योगको प्रवर्द्धन गर्छुः उद्योगमन्त्री भट्ट

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ८:४,

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन र विकास सरकारको प्राथमिकता दृढ भएर लाग्ने बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टले भने, ‘लघु, घरेलु तथा साना उद्योगहरुसँग सिँगो राष्ट्रको राष्ट्रिय हित जोडिएको छ। यो क्षेत्रलाई अगाडि बढाउने कुरामा म दृढ छु।’

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले भने, ‘तपाईहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपार्इंहरुको सफलता पनि जोडिएको छ।’ समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई आग्रह गर्दै उनले भने, ‘साना उद्योगहरु कसरी बाँचेका छन्। समग्रमा साना व्यवसायीका समस्या के–के छन् पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस्। अनि छलफल गरौं निकास ननिस्किने कुरै छैन।’

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले उद्योगको सवालमा पुस्ता हस्तान्तरण हुन नसक्नु, प्रविधि हस्तान्तरण हुन नसक्नु, वित्तीय पहुँचको समस्या र बजारीकरणजस्ता समस्या लघु घरेलु तथा साना उद्योगले झेलिरहेकोतर्फ ध्यानाकर्षण गराए।

‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन, यो नेपालको लागि ठूलो चुनौतीको विषय बनेको छ’, उनले भने, ‘यसका पछाडि दुई तीनवटा कारण छन्। हामीले जसरी उद्योग चलाइरहेका छौं, ती उद्योगहरु व्यवस्थित छैनन्। उद्योग ग्राममा नचलाइएकोले छरपस्ट भइरहेकोले अहिले पालिका र स्थानीय जनताको निशानाको शिकार बनिरहेका छन् उद्योगहरु। त्यसैगरी प्रदेश सरकारका पनि आँखामा पर्न सकिरहेका छैनन्। यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न संसारभर उद्योगग्रामको प्रचलन छ।’

साना व्यवसायीहरुको उद्योगग्राम चाहियो भन्ने मागबमोजिम उद्योगग्राम अहिलेको सरकारले पहिलो क्याबिनेटबाटै पालिकामा एउटा उद्योगग्राम बनाउने गरी अगाडि जानुपर्छ भन्ने व्यवसायीको आग्रह रहेको अध्यक्ष गिरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad