कारोबार


सरकारका दुई सिमेन्ट उद्योग : नोक्सानीमा प्रतिस्पर्धा

सरकारका दुई सिमेन्ट उद्योग : नोक्सानीमा प्रतिस्पर्धा

नेपालखबर
जेठ २८, २०७९ शनिबार १४:११, काठमाडौँ

नेपाल सरकारको दुई सिमेन्ट उद्योग सञ्चालित छन्। मकवानपुरमा सञ्चालित हेटौडा सिमेन्ट उद्योग र उदयपुरमा उदयपुर सिमेन्ट उद्योग संचालनमा छ। यी दुवैको उत्पादन लोकप्रिय पनि छन्। 

नेपालमा यी दुई सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योगसहित कुल ६१ वटा सिमेन्ट उद्योग छन्। 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले  सिमेन्ट निर्यातमा  अनुदान प्रदान गर्ने घोषणा गरेको छ। नेपालको सिमेन्ट क्षेत्र राम्रो भएको र निर्यातको लागि समेत योग्य रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत निर्यातमा अनुदान दिने बताएका हुन्। सिमेन्ट निर्यात गरेमा निर्यातको ८ प्रतिशतसम्म नगद अनुदान सरकारले दिने उल्लेख आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ। 

निजी क्षेत्रको उद्योग नाफामा सञ्चालन भएर विदेश निर्यातको लागि समेत तयार भइरहँदा सरकारी स्वामित्वमा रहेका यी दुई उद्योग भने घटामा छन्। 

अर्थ मन्त्रालयले जारी गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन अनुसार दुवै उद्योगको घाटा उच्च रकममा देखिएको हो। हेटौंडा सिमेन्ट उद्योगको घाटा १७ करोड र उदयपुर सिमेन्टको घाटा ३० करोड रुपैयाँ देखिएको हो। 

हेटौडा सिमेन्टको नाफा यस २०३३ सालमा स्थापना भएको हो। प्रतिवेदन अनुसार अधिकृत पुँजी ३ अर्ब रुपैयाँ छ। त्यस्तै जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ९० करोड रुपैयाँ छ।  यस संस्थानको खुद नोक्सान १७ करोड रुपैयाँ रहेको छ। त्यस्तै सञ्चित नोक्सानमा ७८ करोड ८७ लाख रुपैयाँ रहेको छ। यस उद्योगले सरकारलाई ब्याज सहित १३ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ। त्यस्तै बैंकलाई समेत १३ करोड रुपैयाँ तिर्न बाँकी छ। 

हेटौंडा सिमेन्टमा स्थायी कर्मचारी २६९ जना छन्। करारका कर्मचारी ७ जना  आउट सोर्सिङ गरेर ल्याइएका १५५ जना कर्मचारी छन्। जम्मा कर्मचारी ४३१ जना छन्। 

 उदयपुर सिमेन्ट उद्योगको स्थापना २०४४ सालमा भएको हो। प्रतिवेदन अनुसार यस संस्थानको अधिकृत पुँजी ४ अर्ब जारी  पुँजी ३ अर्ब ६५ करोड र चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ। 

यस कम्पनीको खुद नोक्सान ३० करोड ६० लाख  रुपैयाँ रहेको छ। संचिति नाफा भने ५६ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ। सरकारलाई तिर्नुपर्ने ऋण १ अर्ब ७२ करोड  रुपैयाँ रहेको छ।  त्यस्तै बैंकलाई बुझाउनुपर्ने ऋण ४२ लाख रुपैयाँ छ। 

उद्योगले सरकारलाई बुझाउन ४ करोड ५८ रुपैयाँ बाँकी छ। उद्योगका सबै ३३० कर्मचारी स्थायी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .