ad ad

कारोबार


सेयरबजारका समस्या समाधान गर्न समिति गठन

सेयरबजारका समस्या समाधान गर्न समिति गठन

नेपालखबर
जेठ २५, २०७९ बुधबार १४:२४, काठमाडौँ

सेयरबजार बजार क्षेत्रमा देखिएको विद्यमान समस्या अध्ययन र समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन भएको छ। 

नेपाल धितोपत्र बोर्डको बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बुधबार मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका प्रतिनिधि र अर्थ मन्त्रालयका प्रतिनिधि सम्मिलित चार सदस्यीय सुझाव समिति गठन गरिएको जानाारी दिएका हुन्। 

सो समितिले दिएका सुझावहरुका आधारमा सम्बन्धित निकायहरुले गर्नुपर्ने कामहरु गर्नेगरी समिति गठन गरिएको उनले उक्र कार्यक्रममा बताएका हुन्। 

बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि हुनेछन् भने सदस्यसचिव बोर्डकै एक जना रहने बताइएको छ ।

मन्त्री लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा मन्त्रालय निरन्तर रुपमा लागिरहेकाले गर्न बाँकी कामहरुमा हातमालो गरेर अगाडि बढ्न सकिने कार्यक्रममा उनले बताए।

सबैको कार्यक्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउँदै उनले आआफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्न योजनाबद्ध ढंगबाट लाग्न समेत निर्देशन सिमेत उक्त कार्यक्रममा उनले दिए।

मन्त्री शर्माले पुँजीबजारमा लाखौं व्यक्ति तथा सयौँ कम्पनीहरु आबद्ध भएको र उनीहरुको समस्यालाई हेरिरहेकाले अझ व्यवस्थित बनाउने उद्देश्यका साथ समस्या अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको बताए। 

राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीच समन्वयात्मक सम्बन्ध र सहकार्य गर्न समेत उनले आग्रह उनले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .