ad ad

कारोबार


भरतपुर विमानस्थल मर्मतका लागि आजदेखि १० दिन बन्द

भरतपुर विमानस्थल मर्मतका लागि आजदेखि १० दिन बन्द

नेपालखबर
मंसिर १५, २०७६ आइतबार ७:५७,

चितवनको भरतपुरमा स्थित विमानस्थल १० दिनसम्म बन्द हुने भएको छ। भरतपुुर विमानस्थल कार्यालयका अनुसार मर्मतसम्भार तथा विस्तारका लागि आजदेखि १० दिन बन्द गर्न लागिएको हो।

विमानस्थलको करिब १२ सय मिटर धावनमार्गमा ओभरले गरिने र पार्किङ समेत विस्तार गरिने विमानस्थल कार्यालयको भनाइ छ। ओभरलेको काम २० वर्षयता हुन नसकेको बताइएको छ।

नेपाल भ्रमण वर्षलाई मध्यनजर गर्दै सुरु हुनुअगाडि नै नोटाम जारी गरेर मर्मतसम्भार सुरु गरिनलागेको नागरिक उड्डयन प्राधिकरण भरतपुरले जनाएको छ। उक्त विमानस्थलमा बुद्ध, यतिका जहाजले उडान भर्दै आएका छन्।

विमानस्थल ६२ बिघा जमिनमा फैलिएको छ भने यसको रनवे १२ हजार मिटर लामो र ३० मिटर फराकिलो रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .