संखुवासभामा २५ किलो सुन ओसार पसारमा संलग्न ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
राजश्व अनुसन्धान विभागले संखुवासभा जिल्ला अदालतमा ३० करोड २६ लाख विगो दावी सहित मंगलबार मुद्दा दर्ता गराएको हो। विभागले विदेशी विनिमय अपचलनको कसुरमा १५ करोड १३ लाख र राजश्व चुहावट गरेको आरोपमा १५ करोड १३ लाख गरि विगो दावी गरेको हो।
विभागले तोप्के भोटे, रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
उनीहरुले आपसी मिलेमतोमा पटक पटक सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको देखिएको तथा साे कार्यका लागि एक अर्काको बैंक खाता समेत प्रयोग गरेको देखिएको छ।
यस्तै, उनीहरुले अबैध रुपमा विदेशमा भुक्तानी गरी विदेशी विनिमय अपचलन गरेको विभागको भनाई छ।
प्रतिक्रिया