कारोबार


ब्याजदर बढ्ने गभर्नरको संकेत, नगद मार्जिनको व्यवस्था हट्नलागेको हो?

ब्याजदर बढ्ने गभर्नरको संकेत, नगद मार्जिनको व्यवस्था हट्नलागेको हो?

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०७९ बुधबार १८:४९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर अझै बढ्ने बताएको छ। 

कर्जा र निक्षेपको अनुपात अर्थात् सीडी रेसियो समेत सुधार हुँदै गर्दा गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने बताएका हुन्। 

उनको संकेत नगद मार्जिन तोकिएको वस्तुहरुलाई सुधार गर्ने हुनसक्ने देखिएको छ। 

राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले बुधबार अर्थतन्त्र खस्कँदो अवस्थामा रहेकोले ब्याजदर बढ्ने र त्यसको तयारी गर्न आग्रह गरेका थिए। 

उनले त्यति मात्रै नभई कार्यक्रममा आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्ने व्यवस्था गरेको भए पनि यो दीर्घकालीन नहुने बताएका थिए। 

विलासी वस्तुको आयातमा प्रतिबन्ध गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो। त्यसकारण त्यसको प्रतिबन्ध खुल्न पनि सरकारले नै निर्णय गर्नुपर्छ। 

तर नगद मार्जिनको व्यवस्था भने नेपालमा अत्यावश्यक नरहेको भन्दै राष्ट्र बैंकले गरेको थियो। त्यो व्यवस्था हटाउने संकेत गभर्नर अधिकारीले गरेका छन्। 

कस्तो छ बैंकमा निक्षेप र कर्जाको अवस्था?
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकमा रहेको निक्षेप सामान्य बढेको छ। पछिल्लो साता निक्षेप ४६ करोड रूपैयाँ बढेको संघले जनाएको छ। 

नयाँ वर्ष २०७९ को पहिलो ९ दिनमै वाणिज्य बैंकहरुबाट साढे २१ अर्ब रुपैयाँ निक्षेप कम भएको थियो। त्यसपछिको सातामा भने सामान्य दरमा बढेको संघले जनाएको छ। 

वैशाख ९ गतेसम्म बैंकहरूमा ४३ खर्ब ६७ अर्ब १३ करोड रूपैयाँ निक्षेप थियो जुन १६ गतेसम्म बढेर ४३ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ कायम भएको हो। निक्षेपभन्दा कर्जा ६ गुणाले बढेको छ।

कर्जा २ अर्ब ९४ करोडले बढेर ४१ खर्ब ९६ अर्ब ८७ करोड रुपैयाँ पुगेको संघले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। 

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार समग्र्र बैंकिङ क्षेत्रमा अहिले ४९ खर्ब ३५ अर्ब  रुपैयाँ छ। त्यस्तै अहिले कर्जा प्रवाह ४७ खर्ब २४ अर्ब रहेको छ। 

निक्षेप र कर्जाको अनुपात अर्थात् सीडी रेसियो ९० दशमलव ७४ प्रतिशत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad