सर्वोच्च अदालतले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि सर्वोच्चले गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो। तर त्यसविरुद्ध उनले रिट निवेदन दिएका थिए।









786
Shares

प्रतिक्रिया