सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ। हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको हो।
आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् विस्तार गरिने बताइएको छ। मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्नेछन्। यस प्रकारको आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगबाट बैंकद्वारा प्रदान गरिने सुविधाहरू अझ सरल, सहज तथा छरितो हुनेछ ।
आउँदा दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप रूपमा सञ्चालनमा ल्याउने विश्वास बैंकले लिएकोे छ ।
बैंकले देशभर १ सय ७२ वटा शाखा (४ एक्सटेन्सन काउन्टरसहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ८७ एटीएम र १ हजार ६ सयभन्दा बढी पीओएस मेसिनमार्फत सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया