ad ad

कारोबार


एयर ट्राफिक कन्ट्रोलर सम्मेलन काठमाडौंमा सुरु हुँदै

एयर ट्राफिक कन्ट्रोलर सम्मेलन काठमाडौंमा सुरु हुँदै

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ११:५०,

एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन भोलि बिहीबारदेखि राजधानी काठमाडौंमा हुने भएको छ। नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी जानकारी दिएको हो।

इन्टरनेशनल फेडेरेसन अफ एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनमा आबद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलन उड्डयन पेशेवर र एयर ट्राफिक कन्ट्रोलरहरुको लागि अन्तर्क्रिया गर्न उपयुक्त हुने बताइएको छ। नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सम्मेलनमा मानव र प्रविधिबीचको सम्बन्धका प्रचलित अभ्यासहरुका विषयमा ट्राफिक कन्ट्रोलरहरुले आफ्ना चासोहरुमाथि छलफल गर्ने बताए।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न पाँचवटा एजेण्डामाथि छलफल हुनेछ। सम्मेलन तीन दिनसम्म चल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .