ad ad

कारोबार


‘अपहरण’ मा परेको ट्यांकरका चालक प्रहरी सम्पर्कमा

‘अपहरण’ मा परेको ट्यांकरका चालक प्रहरी सम्पर्कमा

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १३:१५,

अमलेखगञ्ज डिपोबाट विराटनगर आइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट दुई दिनदेखि हराएको छ। ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको छ।

ट्यांकरका चालक भने प्रहरीको सम्पर्कमा पुगेका छन्। प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बताएका छन्। ‘अपहरित’ ट्यांकरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले हराएको ट्यांकरको खोजी भइरहेको बताए। उनले ट्यांकरका चालक र सहचालकले नै मिलेमतोमा ट्यांकर अपहरण गराएको आशंकामा उनीहरुमाथि छानविन सुरु गरिएको नेपालखबरलाई बताए।

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ। उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो।

यता, नेपाल आयल निगमले ‘अपहरण’ मा परेका भनिएको ट्यांकरको खोजी गर्न एक समिति बनाएको छ। निगमले मंगलबार बिज्ञप्ति प्रकासित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

निगमका अनुसार निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा करार सम्झौता भई संचालनमा रहेको इन्धन ट्यांक अपहरणमा परेको हो। लहानमा मूल राजमार्गको हुलाक कार्यालय अगाडि विश्राम गरेको अवस्थामा ट्या‌ंकर राती १२ देखि १ बजेको बीचमा लुटेराको चंगुलमा परेको निगमले जनाएको छ।

६ देखि ८ जनाको समूहमा आएका अपहरणकारीले चालक र सहचालकलाई आँखामा पट्टी बाँधी सो स्थानबाट सुमोमा राखेर बर्दिबास र लालबन्दीको बीचको जंगलमा छोडेका थिए। ट्यांकर भने अपहरणकारीले नै चलाएर लगेको चालक र सहचालकले निगमलाई जानकारी गराएको प्रवक्ता वीरेन्द्र गोइतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .