वर्तमान समयमा भुटानले यी क्षेत्रीय देशहरुका पर्यटकबाट कर लिएको छैन।
अहिले शुन्य करमा भुटान भ्रमणमा जाने यी देशका पर्यटकहरुले आगामी दिनमा भने कर तिनुपर्ने द हिन्दुले जनाएको छ।
हाल भुटानले पर्यटन नीतिको नयाँ खाका तयार पारेको छ। आगामी महिना त्यहाँको मन्त्रीपरिषद्ले भारत, बंगलादेश र माल्दिभ्सका पर्यटकबाट कर लिने सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
सोमबार भुटानका विदेशमन्त्री तान्दी दोर्जीले भारतीय समकक्षी एस जयशंकरलाई भेटेर भारतीय पर्यटकमाथि कर लगाउने विषयमा कुराकानी गरेका थिए।
‘हाम्रो ‘उच्च मूल्य, कम प्रभाव’ नीतिअनुसार हामी हाम्रो क्षमताअनुसार हाम्रा पर्यटकको आगमनको निगरानी गर्नेछौ।’ द हिन्दुसँगको कुराकानीमा दोर्जीले भने,‘पछिल्लो दशकभन्दा अहिले पर्यटकहरु दश गुणा बढेका छन्। यसकारण हाम्रो नीति ओझेलमा परेको छ।’
भारतीय विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपी भुटानले लागू गर्न लागेको नीतिले भारतीय पर्यटकलाई ठूलो प्रभाव नपार्ने भारतीय अधिकारीहरुको भनाइ छ।
लागू हुने नीत भारतका लागि उचित र अनुमानित हुने बताइएको छ। सन् २०१८ मा भुटानमा १ लाख ८० हजार भारतीय पर्यटक भ्रमणका लागि पुगेका थिए।

प्रतिक्रिया