ad ad

कारोबार


बिहीबारदेखि काठमाडौंमा उर्जा सम्मेलन

बिहीबारदेखि काठमाडौंमा उर्जा सम्मेलन

नेपालखबर
मंसिर २, २०७६ सोमबार १०:३०,

आगामी बिहीबारदेखि राजधानी काठमाडौंमा उर्जा सम्मेलन हुने भएको छ।

आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराएको हो। सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने छ। सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजनाहरु सञ्चालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए।

क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिईएको छ।
सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका ७ सय बढी सहभागी हुने बताईएको छ। 'पावरिङ द एशिएन सेन्चुरी' को नारा दिईएको ऊर्जा सम्मेलन दुई दिनसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .