कारोबार


तिलोत्तमा नगरपालिकाले बनायो १६ कोठाको अतिथि गृह

तिलोत्तमा नगरपालिकाले बनायो १६ कोठाको अतिथि गृह

सुदीप भण्डारी
फागुन १८, २०७८ बुधबार १९:५१, काठमाडौँ

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह निर्माण गरेको छ। वडा नम्बर १९ को केवलानीमा १६ कोठाको अतिथि गृह निर्माण भएको हो। त्यस्तै, १२ सय जना क्षमता रहेको सभाहलसमेत बनेको छ।

हाल सभा हलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ।

महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ।

दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको नगरपालिकाले जनाएको छ। दुई करोड २२ लाखको लागतमा अतिथीगृह बनेको हो। त्यस्तै  एक करोड ५७ लाखको लागतमा  सभाहल निर्माण भएको नगरपालिकाका योजना प्रमुख प्रदीप वनले जानकारी दिए।

अतिथि गृह तथा सभाहलको उद्घाटन गर्दै संघीय सांसद छबिलाल विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए।

कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा आफ्ना भनाइ राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .