कारोबार


धेरै कर तिर्ने व्यवसायी सिद्धार्थ शमशेर र कम्पनी सूर्य नेपाल सम्मानित

धेरै कर तिर्ने व्यवसायी सिद्धार्थ शमशेर र कम्पनी सूर्य नेपाल सम्मानित

नेपालखबर
मंसिर १, २०७६ आइतबार ६:५५,

सूर्य नेपाल प्रालिले सबैभन्दा बढी कर तिरेको छ। आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा आइतबार राजधानीमा गरेको विशेष कार्यक्रममा २०७५/०७६ मा सबैभन्दा बढी कर तिर्ने कर दाताका रुपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरिएको हो।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा रहेका छन्। कार्यक्रममा उनको प्रतिनिधिको रुपमा शम्भु प्रसाद दाहालले सम्मानपत्र लिएका थिए।

त्यसैगरी निर्यातकर्ताहरुबाट सबैभन्दा बढी आयकर तिर्ने कर दाताको रुपमा डाबर नेपाल प्रालिका वित्त प्रमुख पंकज बजाज, मदिरा र चुरोट बाहेकका उद्योग तर्फबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता जगदम्बा स्टिल्स प्रालिका प्रबन्धनिर्देशक सुलभ अग्रवाल, कृषि एवं पशुपक्षीजन्य उद्योगबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपुर्ण एग्रो इण्डष्ट्रिज प्रालिका वित्त निर्देशक राजकुमार पराजुली, सहकारी तथा लघु वित्तबाट छिमेकी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी रामचन्द्र जोशी, बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबारमध्ये राष्ट्रिय वाणिज्य बैकका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठ, बीमा व्यवसायबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता नेपाल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा, स्वास्थ्य तथा शिक्षा सेवामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कर दाता मणिपाल एजेकुसन एण्ड मेडिकल ग्रुप नेपाल प्रालिका जनसम्पर्क अधिकृत रवि कुमार विष्ट, सूचना प्रविधि क्षेत्र मध्येबाट वल्र्ड लिंक कम्युनिकेसनका अध्यक्ष दिलिप अग्रवाल सम्मानित भएका छन्।

त्यसैगरी व्यापार व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने अग्नि इन्टरप्राईजेजका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ, पर्यटन व्यवसायमध्ये तारागाउँ रिजेन्सी होटल लिमिटेडका कार्यकारी निर्देशक सुरेस लाल श्रेष्ठ, मध्यमस्तरीय करदाता मध्ये कामना सेवा विकास बैक लिमिटेडका हरि प्रसाद लम्साल, आन्तरिक राजस्व कार्यालयहरुको कार्यक्षेत्रभित्र रही सबैभन्दा बढी आयकर तिर्ने भीएस सर्भिसेस मोरिसस प्रालिका प्रबन्धक मधुकर कार्कीलाई सम्मान गरिएको छ। त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ उत्कृष्ट कर संहिता भएको तथा २०७४÷०७५ मा सबैभन्दा बढी मूल्यअभिवृद्धि कर तिर्ने कर दाताको रुपमा घोराही सिमेण्ट उद्योग सम्मानित भएको छ।

विभागले १५ वटा विधा निर्धारण गरी उत्कृष्ट कर दाताहरु छनौट गरी सम्मान गरेको हो। कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad