ad ad

कारोबार


ग्वान्झाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध छुः महावाणिज्यदूत पुडासैनी

ग्वान्झाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध छुः महावाणिज्यदूत पुडासैनी

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार ११:४३,

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र जनगणतन्त्र चीनको ग्वान्झाउका लागि महावाणिज्यदूत हरिशरण पुडासैनीबीच आज चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ।

सो कार्यक्रममा महावाणिज्यदूत पुडासैनीले आफूले जनगणतन्त्र चीनको ग्वान्झाउ र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिकको माध्यमद्वारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रवर्द्धनमा जोड दिने बताए।

जनगणतन्त्र चीनको ग्वान्झाउका लागि महावाणिज्यदूत पुडासैनीले आवश्यकताअनुसार ग्वान्झाउमा नेपाल वायुसेवा निगमको सेवा सुरु गर्नेमा जोड दिए।

आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा चेम्बर एक्स्पो २०२०, पर्यटन वर्ष २०२०, मा जनगणतन्त्र चीनको ग्वान्झाउबाट पर्यटक ल्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रवर्द्धन गर्न सीसीपीआईटीसँगको सहकार्यमा कार्यक्रम बढाउनुपर्ने धारणा राखे।

साथै चीनले आयोजना गरेको आयात प्रवर्द्धन मेलामा हस्तकला, कृषिजन्य वस्तु लगायत नेपाली निर्यातयोग्य वस्तुको प्रवर्द्धनमा जोड दिए।

सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, पर्यटन मेला, जनगणतन्त्र चीनको ग्वान्झाउका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावनासम्बन्धी सूचना आदानप्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न त्यहाँका सम्भाव्य आयातकर्तासँग अन्तर्क्रिया गराउन पहल गर्न पुडासैनीको भूमिका महत्वपूर्ण रहने बताए।

खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले चीनको जनगणतन्त्र चीनको ग्वान्झाउ लगायत विभिन्न राज्यबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .