कारोबार


७ दिनमै इलोन मस्कले गुमाए २५ अर्ब डलर, बेजोसको कति गुम्यो?

७ दिनमै इलोन मस्कले गुमाए २५ अर्ब डलर, बेजोसको कति गुम्यो?

नेपालखबर
माघ १०, २०७८ सोमबार १३:५५, काठमाडौँ

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने समाचार आएसँगै सेयरबजारमा त्यसको प्रभाव देखिएको छ। 

यसको परिणाम भने संसारकै धनाढ्यहरुको सम्पत्तिमा देखिएको छ। 

संसारकै धनी इलोन मस्कले सात दिनमा २५ अर्ब अमेरिकी डलर गुमाएका छन्। महंगी नरोकिएपछि फेडेरल रिजर्भले ब्याजदर बढाउने तयारी गरेको हो। 

ब्लुमबर्गका अनुसार मस्कमात्र होइन अरु धनाढ्यले पनि गत हप्ता गुमाउनुपरेको छ। पाँच प्रविधि अर्बपतिहरुले बितेको सात दिनमा कुल ६७ अर्ब अमेरिकी डलर गुमाएका छन्। 

अमेजनका संस्थापक जेफ बेजोसले पनि बितेको हप्तामा २० अर्ब डलर गुमाएका छन्। उनले मस्कले भन्दा कम गुमाएका छन्। 

यता फेसबुकका संस्थापक मार्क जुकरबर्गको पनि १० अर्ब ४० करोड डलर गुमेको छ भने गुगलका ल्यारी पेजले ७ अर्ब ६० करोड डलर गुमाउनुपरेको छ। माइक्रोसफ्टका मालिक बिल गेट्सले ४ अर्ब ३० करोड डलर गुमाएका छन्। 

क्रिप्टोकरेन्सीका मालिक चांगपेंग झाओको सम्पत्ति पनि १७ अर्ब ७० करोड डलरले गुमेको छ। 

सबैभन्दा धेरै सम्पत्ति गुमे पनि मस्क विश्व धनाढ्य सूचीमा दबदबा कायम राखिरहेका छन्। गत नोभेम्बरमा उनको सम्पत्ति ३ सय अर्ब डलर नाघेको थियो। 

जुन संसारका मानिसहरुले आजसम्म पार गरेको पहिलो कोशेढुंगा थियो। ब्लुमबर्ग अर्बपति सूचकांकले मस्कसँग करिब २ सय ४३ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरेको छ। न्युजडटकमडटएयूबाट। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .