ad ad

कारोबार


वायुसेवा निगमको जहाजबाट हङकङ जानेले टेकु प्रयोगशालाबाटै पीसीआर गर्नुपर्ने

वायुसेवा निगमको जहाजबाट हङकङ जानेले टेकु प्रयोगशालाबाटै पीसीआर गर्नुपर्ने

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १२:५५, काठमाडौँ

नेपाल वायुसेवा निगमबाट हङकङ उडान गर्नेले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आरटी पीसीआर गर्नुपर्ने भएको छ।

निगमको जहाजमार्फत २५ जनवरीमा हङकङ प्रस्थान गर्नुपर्नेलाई आइतबार परीक्षण गर्ने व्यवस्था गरिएको हो। 

मंगलबारको उडानको लागि आइतबार १२ बजेदेखि ३ बजेसम्म परीक्षणको व्यवस्था मिलाइएको निगमले जनाएको छ। 

परीक्षणपछि रिपोर्ट सोमबार आउनेछ। 

हङकङ उडानको लागि टेकुबाट नेगेटिभ रिपोर्ट र प्रयोगशालाले उपलब्ध गराउने व्यक्तिगत कभर लेटेर लिनुपर्ने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .