कारोबार


ओपोद्वारा यूएनडीपीसँग सहकार्य

ओपोद्वारा यूएनडीपीसँग सहकार्य

नेपालखबर
माघ ४, २०७८ मंगलबार २१:५०, काठमाडौँ

ओपो र यूएनडीपीबीच सहकार्यको घोषणा भएको छ।

ओपो र द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी)द्वारा सह आयोजित तथा चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई)द्वारा समर्थित, द युथ इन्नोभेशन एक्सिलिरेशन क्याम्पको आयोजना गरिएको थियो।

सामाजिक उद्यमीहरुलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधन तिनको पहुँचमा पु¥याउन सघाउनुका साथै यूएन २०३० एजेन्डा फर सस्टेनेवल डेभलपमेन्ट गोल्स (एसडीजी एस)का लक्ष्य प्राप्ति उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस वर्ष आयोजित यूथ इन्नोभेशन एक्सिलिरेशन क्याम्प विशेषतः ३ प्रमुख बिषयमा केन्द्रित रहेको थियोः पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण (वेल बिईङ)। श्रृंखलाबद्धरुपमा एन्जिल– लगानी गरिएका स्र्टाटअपदेखि लिएर ‘ए’ कोष भएकाहरु सम्म गरी समग्रमा २० युवा–नेतृत्व सहितका प्राविधिक स्टार्ट–अप्सलाई क्याम्पमा आमन्त्रित गरिएको थियो।

क्याम्पमा औद्योगिक पार्टनर्स तथा लगानीकर्ताहरुलाई पनि ब्यापार विश्लेषण, बजारिकरण, प्रभाव वित्तपोषण र डिजाइन सोच अन्तरगतका सत्रहरुमा बोल्नका लागि आमन्त्रित गरिएको थियो।

विभिन्न उद्यमीहरुको मागलाई आत्मसात गर्दै शिविरमा स्र्टाट–अप फेयर र वान–अन–वान मेन्टरिङ जस्ता परामर्शदायी सत्रहरु पनि समाविष्ट गरिएका थिए। यसले तिनीहरुको ब्यवसायिक मोडललाई थप विकसित गर्न मद्दत पुगेको थियो। 
 
शिविरको अन्तिम दिन ‘डेमो डे’को आयोजना गरिएको थियो। जस अन्तर्गत छनोटमा परेका १० स्टार्ट–अप्सले तिनका नवप्रबर्तनात्मक ब्यापार मोडल र विचार औद्योगिक पार्टनर्स तथा लगानीकर्ता माझ प्रस्तुत गरेका थिए।

कार्यक्रम अन्तर्गत दूई सामाजिक उद्यमहरुलाई मोस्ट प्रोमिसिंग स्टार्ट–अप अवार्डबाट सम्मानित गरिएको थियो। शहरी जलमार्गहरुका लागि ओर्काउबोटको स्वचालित रोबोटिक्स सञ्चालन मार्फत तैरिरहेका फोहर सफाईका साथै यसको बौद्धिक मर्मत तथा ब्यवस्थापन समाधानको अभुतपूर्व कार्यकौशलका साथै यसले खर्चमा समेत ६० प्रतिशत कटौती दिन्छ। त्यसैगरी, ब्ल्यूविन्डले उच्च कार्वन उत्सर्जन गर्ने उद्यमहरुका लागि स्व–विकसित कार्वन नियन्त्रण प्रविधि मार्फत प्राविधिक समाधान उपलब्ध गराउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .