ad ad

कारोबार


साढे २ करोड पर्ने जिप र्‍यांगलर २ महिनामै २५ वटा बिक्री

साढे २ करोड पर्ने जिप र्‍यांगलर २ महिनामै २५ वटा बिक्री

वसन्त अर्याल
मंसिर २९, २०७८ बुधबार १३:२३, काठमाडौँ

साढे २ करोड बढी मूल्य पर्ने जिप कम्पनीको र्‍यांगलर गाडी नेपाली बजारमा चर्चित बनेको छ।  

२ महिनाअघि मात्रै सार्वजनिक भएको र्‍यांगलर २५ वटा त बिक्री नै भइसकेको हो। 

अमेरिकन ब्रान्ड जिप अफरोड र एडभेन्चर गाडीको रुपमा विश्वभर परिचित छ। 

नेपालमा जिप ब्रान्डका गाडी एमएडब्ल्यू ग्रुपअन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले अक्टोबर महिनामा नयाँ र्‍यांगलर सार्वजनिक गरेको थियो। 

पेट्रोल इन्जिनमा उपलब्ध गाडीको सुरुवाती मूल्य २ करोड ६७ लाख रहेको नयाँ गाडी नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र एमएडब्ल्यूका विष्णु अग्रवालले नेपालमा सार्वजनिक गरेका थिए। 

लाइफ अटोमोबाइल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिस लामिछानेका अनुसार अक्टोबरमा नयाँ गाडी सार्वजनिक हुनुअघि नै धेरैले चासो राखेका थिए।​

‘नेपालमा सार्वजनिक भएसँगै बिक्री राम्रो छ’, उनले नेपालखबरसँग भने, ‘आउँदै गरेका र्‍यांगलर गाडीको पनि बुकिङ राम्रो छ। १० वटा बुकिङ भइसकेको छ।’

नेपालमा ठूला व्यवसायी र अफरोडमा गाडी चलाउन रुचि देखाउनेले बढी र्‍यांगलर गाडी खरिद गरेको लामिछानेले बताए। 

‘र्‍यांगलरलाई १९४२ मै बजारमा आएको विलिसको अनुभूति गर्छन्’, सीइओ लामिछानेले भने, ‘जिपलाई विश्वभर पिओर अफरोड गाडीको रुपमा चिन्छन्।’

र्‍यांगलर गाडी सिधै अमेरिकाबाट सिधै आयात हुन्छन्। रुबीकोन, सहारा र ग्लाडिएटर भेरियन्टमा नेपालका उपलब्ध छ। नेपालमा रुबीकोनको आयात र बिक्री बढी हुने कम्पनीले जनाएको छ। 

रुबीकोनको सुरुवाती मूल्य २ करोड ६८ लाख रुपैयाँ छ भने सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ छ। 

र्‍यांगलर फोरह्विल सिस्टम, एलईडी हेडल्याम्प, फुल फ्रेम रिमुभेवल डोर, २१.३ सीएम टचस्क्रिन रहेको छ। 

२ हजार सीसीको गाडीमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन, अधिकतम पावर २०१ किलोवाट र टर्क ४०० एनएम जेनेरेट गर्छ। 

४ वटा ढोका रहेको गाडीको लम्बाइ ४७ सय ८५ एमएम, चौडाइ १८ सय ७५ एमएम, उचाइ १८ सय ७० एमएम, ग्राउन्ड क्लियरेन्स २६० एमएम, ह्विलबेस ३ हजार ७ एमएम छ। 

सुरक्षाको लागि दुवै डिस्क ब्रेक रहेको गाडीमा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम छ।   

र्‍यांगलर नेपालमा ५ वटा कलरमा उपलब्ध छ। जसमा ब्राइट ह्वाइट, ब्लाक, ग्रानाइट किस्टल, स्टिङ ग्रे र फायर क्रेकर रेडमा उपलब्ध रहेको छ। 

अक्टोबरमा नेपाल भित्रिएपछि २५ वटा गाडी बिक्री भइसकेको लामिछानेले बताए। 

‘अफरोड र एड्भेन्चर्स यात्रा मन पराउने प्रोमिनेन्स व्यक्ति र्‍यांगलर चढ्नुहुन्छ,’ उनले भने, ‘र्‍यांगलर चढ्ने बढी व्यवसायी नै हुनुहुन्छ।’ 

यी व्यवसायी चढ्छन् र्‍यांगलर  
नेपालमा सुजुकी गाडीको आधिकारिक बिक्रेता नै रहेका करण चौधरी जिप र्‍यांगलर चढ्छन्।

स्रिमिक एयरका तथा अन्नपूर्ण नेटर्वकका सञ्चालक रामेश्वर थापा पनि र्‍यांगलर गाडी चढ्ने गरेका छन्। एमएडब्ल्यू ग्रुपका प्रबन्धनिर्देशक विष्णु अग्रवाल पनि र्‍यांगलर गाडी चढ्ने गरेका छन्।

र्‍यांगलरबाहेक नेपालमा कम्पास, ठूलो एसयूभीमा ग्रान्ड चिरोकी नेपालमा उपलब्ध छ। नेपाल आउने जिप कम्पास भारतको प्लान्टमा निर्मित गाडी हुन्। जिप कम्पासको सुरुवाती मूल्य नै ८४ लाख ९० हजार रुपैयाँ रहेको छ। 

ग्रान्ड चिरोकी ३.० लिटर पेट्रोल इन्जिन भएको एसयूभी हो जसको मूल्य २ करोड ५९ लाख ९० हजार रुपैयाँ छ। 

जिप सन् १९४१ मा स्थापना भएको गाडी उत्पादक कम्पनी हो। अमेरिकी ब्रान्ड जिपका केही मोडल भारतको प्लान्टमा उत्पादन हुन्छन् भने केही सिधै अमेरिकाबाट आउने गरेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .