ad ad

कारोबार


स्वस्तिकको उपहार विजेता घोषणा

स्वस्तिकको उपहार विजेता घोषणा

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ७:४४,

काठमाडौंको इन्द्रचोकमा रहेको मिठाइ शोरुम स्वस्तिक स्विट्स एण्ड स्न्याक्सले नेपालीहरुको महान चाड दशै, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरीएको उपहार योजनाको नतिजा आज लक्की ड्रमार्फत घोषणा गरेको छ।

आफ्नै शोरुममा ग्राहकवर्गहरुमाझ लक्की ड्रको कार्यक्रम आयोजना गरी ग्राहकहरुकै हातबाट विजेताहरुको छनौट गरिएको थियो। यसमा बम्पर उपहार स्कूटर – टेकुस्थित गोयल मेटल इडष्ट्रिज, पहिलो उपहार ४३ इन्च स्याम्सगं स्मार्ट टिभी– मखनटोलका संजय अग्रवाल, दोस्रो उपहार एलजी वासिङ मेसिन – पुरानो बानेश्वरका रामहरी अर्याल, तेश्रो उपहार भिडियोकन रफ्रिजरेटर – डल्लूका उमेश कुमारले जितेका छन् भने अन्य थुप्रै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेका छन्।

कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाका अनुसार स्थापना यो एक वर्षकालमा स्वस्तिक स्वीट्स एण्ड स्न्याक्सले आफ्नो ग्राहकहरुका लागि उच्च गुणस्तरको कलकत्ताको प्रख्या ब्राण्ड भिखाराम चादमल (कोलकत्ताको प्रख्यात ब्राण्ड)को विभिन्न प्रकारका मिठाइ, भुजियाका साथै शुद्ध शाकाहारी रेष्टुरेन्टको सुविधा प्रदान गर्दै आइरहेको छ।

स्वस्तिकलाई ग्राहकहरुले रुचाएका छन्। साथै यो उपहार कार्यक्रम गरेपछि आफ्नो ग्राहकहरुमाझ अझ बढी नजिकिएको अनुभव भएको छ।

ग्राहकहरुको हितका लागि भविष्यमा पनि अझ बढी सहुलीयत तथा यस किसिमको योजना ल्याउने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .