एनआईसी एसिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ।
हाल ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा इबैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्नुहुन्थ्यो भने अब इसेवा काउन्टर डिपोजिटको सेवाबाट पनि इसेवाको एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै इसेवामा रकम जम्मा गर्न सक्नेछन्।
बैंकका मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया