ad ad

कारोबार


बझाङमा कालंगा हाइड्रोको सुरुङमा कामदार फसे, उद्धारमा कठिनाइ

बझाङमा कालंगा हाइड्रोको सुरुङमा कामदार फसे, उद्धारमा कठिनाइ

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ६:२३,

बझाङ जिल्लाको बुङ्गल नगरपालिका २ दाडिम दहबगरमा रहेको कालंगा हाइड्रोपावरको निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार फसेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार छ जना कामदारहरु तीनवटा ट्रयाक्टर र एउटा जिपसहित सुरुङमा काम गर्न गएकोमा दुई जना बाहिर निस्किए पनि अरु चार जना सुरुङबाट नफर्किएको हाइड्रोले प्रहरीलाई जानकारी दिएको छ।

दैलेखका कर्णबहादुर शाही, महेन्द्र बहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी सुरुङभित्रै फसेका हुन्।

कामदार सुरुङमा फसेको खबर हाइड्रोले प्रहरीलाई आइतबार साँझ जानकारी दिएको थियो। जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बुंगलबाट प्रहरी निरीक्षकको कमान्डमा पाँच जना, बिचगाडाबाट २ जना र सशस्त्र प्रहरी बलको ११ जनाको टोली उद्धारका लागि राति १ बजे गएको थियो। राति नै उद्धारका लागि ५÷६ जना उद्धार टोलीका सदस्य सुरुङभित्र पसेकामा सुपर भाइजर र चालक समेत दुई जना बेहोस भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई लिएर उद्धार टोली बाहिर निस्किएको थियो। दुई जनालाई उपचारको लागि स्थानीय अस्पताल रायल ल्याइएको छ। प्रहरीका अनुसार सुरुङमा पसेका छमध्ये दुई जना बाहिर निस्किए पनि उनीहरु सम्पर्कविहीन रहेका छन्।

उक्त सुरुङ १४ सय मिटर लामो रहेको र अक्सिजन अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बिहान पुनः जिप्रकाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा नौ जना घटनास्थलमा गएका छन्। उक्त टोलीसँगै प्रमुख जिल्ला अधिकारी पनि गएका छन्।

त्यस्तै दिपायल गुल्मबाट सशस्त्र पहरीको प्रसनिको कमान्डमा १७ जना गरी ५१ जनाको थप टोली बुंगल गएको प्रहरीले जनाएको छ। घटनास्थल बुंगलबाट १८ किमि पूर्व र जिप्रकाबाट चार घण्टा गाडीमा जान समय लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .