सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म सञ्चालन गरेको उपहार योजनाको पहिलो लक्की ड्र सम्पन्न भएको छ।
यसअनुसार मंगलबार १५ जना विजेता घोषित भएका छन्।
योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्। यो लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको कम्पनीले जनाएको छ।
उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ।
अतः यो लक्की ड्रमा यही १ देखि ५ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ।
लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधानअनुसार आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भनें अब बाँकी ४ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
यी हुन् विजेता (सिरियल नम्बर)
- RZCR902L0DV
- RZ8RA0Y0GFX
- R9ZR90CA8KH
- RFCR91K7Q2X
- RZ8RA11BJYE
- RZ8R90WNNLJ
- R9ZR9077XMT
- R9ZR90Q106D
- RZ8R724L3KP
- R9ZR9080RHX
- RZ8R90KVYRP
- RZ8R5061MNN
- R9ZR90PYA7H
- RZ8R82EJJPX
- R9ZR907090B
विजेताहरुको सिरियल नम्बर आजै सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको र उनीहरुलाई ७ दिनभित्र आवश्यक कागजात सहित आफ्नो उपहार दाबी गर्न कम्पनीले अनुरोध गरेको छ।
५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरी योजनामा सहभागिता जनाउन सकिने कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया