ad ad

कारोबार


नेपालगञ्जमा जिपको ‘प्रिमियम’ शोरुम, चौबीसै घण्टा सेवा दिने

नेपालगञ्जमा जिपको ‘प्रिमियम’ शोरुम, चौबीसै घण्टा सेवा दिने

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १२:३४, काठमाडौँ

नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालमा नयाँ शोरुम सुरु गरेको छ। 

गजानन् अटो ट्रेडिङले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिने कम्पनीले दाबी गरेको छ। 

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्। 

उद्घाटन कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए। 

त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र त्यही अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी महसुस गरिरहेको बताए। 

‘हामीलाई आशा छ यो डिलरसिपले जिप परिवारमा आबद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ,’ उनले भने। 

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ। जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ। 

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घण्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको छ ।

त्यसैगरी, गजानन् अटो ट्रेडिङका प्रबन्ध निर्देशक कुबेर सोनीले नेपालगञ्जका ग्राहकलाई सबैभन्दा बढी विश्वास गरिएको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए। 

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .