कारोबार


२ वर्षमा १ खर्ब २३ अर्बको बिलेट र स्पञ्ज आयात, कुन उद्योगले कति ल्याए?

२ वर्षमा १ खर्ब २३ अर्बको बिलेट र स्पञ्ज आयात, कुन उद्योगले कति ल्याए?

वसन्त अर्याल
कात्तिक १८, २०७८ बिहिबार ९:४०, काठमाडौँ

विगत दुई वर्षमा २० लाख १५ हजार मेट्रिक टन डन्डी बनाउने बिलेट आयात भएको छ। 

आर्थिक वर्ष ०७६/०७७ मा ८ लाख ७६ हजार आयात भएको बिलेट गत आर्थिक वर्षमा बढेर ११ लाख ३९ हजार मेट्रिक टन पुगेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको हो।

तथ्यांकअनुसार डन्डी उद्योगहरुले १ खर्ब ११ अर्ब ३ करोड २९ लाख रुपैयाँको बिलेट आयात गरेका छन्। बिलेट आयात गरी डन्डी बनाउने उद्योगले २ वर्षमा ५४ अर्ब ३६ करोड राजस्व सरकारलाई तिरेका छन्। सरकारले बिलेट आयातमा ४.७५ प्रतिशत भन्सार लगाउँदै आएको छ। 

त्यस्तै बिलेट बनाउने उद्योगले पछिल्लो २ वर्षमा ३ लाख ४५ हजार मेट्रिक टन स्पञ्ज आइरन आयात गरेका छन्। आर्थिक वर्ष ०७६/७७ मा ७ उद्योगले १ लाख ५४ हजार मेट्रिक टन आयात गरेकोमा गत आवमा १ लाख ९१ हजार मेट्रिक टन आयात गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ। 

सरकारले भदौ २५ गते बजेट संशोधनमा प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनमा पूर्ण छुट दिएसँगै स्पञ्ज आयात भने ह्वात्तै बढेको छ। भदौ २६ देखि असोज ३१ सम्म ७४० मेट्रिक टन बिलेट आयात हुँदा ३५ हजार ३०७ मेट्रिक टन आयात भएको छ। 

बिलेट आयात गर्नेमा सबैभन्दा बढी जगदम्बा स्टिल रहेको छ। शाहिल अग्रवालको जगदम्बा स्टिलले २ वर्षमा बिलेट तथा स्पञ्ज आइरन २ लाख ४४ हजार ५६५ मेट्रिक टन आयात गरेको छ। 

जगदम्बाले आर्थिक वर्ष ०७६/०७७ मा १ लाख १५ हजार ३५८ मेट्रिक टन आयात गरेकोमा गत आर्थिक वर्ष १ लाख २९ हजार २०७ मेट्रिक टन स्पञ्ज आइरन र बिलेट आयात गरेको छ।

शंकर ग्रुपअन्तर्गतकै जगदम्बा इन्टरप्राइजेजले २ वर्षमा १ लाख ४७ हजार ९४३ मेट्रिक टन स्पञ्ज तथा बिलेट आयात गरेको छ। 

पञ्चकन्या स्टिलले १ लाख २६ हजार ४२० मेट्रिक टन आयात गरेको छ। ध्रुवकुमार श्रेष्ठ सञ्चालक रहेको कमपनीले ०७६/०७७ मा ५१ हजार ९४९ र गत आर्थिक वर्ष ७४ हजार ४७१ मेट्रिक टन आयात गरेको छ। 

प्रिमियर स्टिल इन्डस्ट्रिजले दुई वर्षमा १ लाख ४७ हजार ६११ मेट्रिक टन बिलेट आयात गरेको छ। श्रीनिवास सारडा सञ्चालक रहेको कम्पनीले आर्थिक वर्ष ०७६/७७ मा ६० हजार ६३१ र गत वर्ष ८६ हजार ९८० मेट्रिक टन बिलेट आयात गरेको छ। 

राजेश कुमार अग्रवाल सञ्चालक रहेको श्री स्टिलले दुई वर्षमा १ लाख ६९ हजार ७३४ मेट्रिक टन आयात गरेको छ। आर्थिक वर्ष ०७६/७७ मा ५३ हजार १४० मेट्रिक टन मात्रै आयात गरेको उद्योगले गत वर्ष त्यसको डबल अर्थात् १ लाख १६ हजार ५९४ मेट्रिक टन बिलेट आयात गरेको छ। 

कृष्ण केडिया सञ्चालक रहेको विजयश्री स्टिलले १ लाख २७ हजार ९५६ मेट्रिक टन आयात गरेको छ। आव ०७६/७७ मा ६० हजार ३५८ र गतआर्थिक वर्ष ६७ हजार ५९८ मेट्रिक टन आयात गरी डन्डी निर्माण गरेको छ। 

आरती स्ट्रिपले पछिल्लो दुई वर्षमा ९६ हजार २८३ मेट्रिक टन आयात गरेको छ। सजीव शर्माको उद्योगले आर्थिक वर्ष २०७६/७७ मा ६२ हजार ५ सय ५५ मेट्रिक टन आयात गरेमोमा गत वर्ष ३३ हजार ७२८ मेट्रिक टन आयात गरेको छ। 

पशुपति मुरारकाको बागेश्वरी आइरन एन्ड स्टिलले आर्थिक वर्ष ०७६/७७ मा १५ सय ११ मेट्रिक टन आयात गरेको थियो। गत वर्ष भने आयात गरेको छैन। मुरारका ग्रुपकै अशोक मुरारका सञ्चालक रहेको पशुपति आइरन एन्ड स्टिल २६ हजार ४८८ मेट्रिक टन आयात रहेको छ। 

पद्मा ज्योति सञ्चालक रहेको हिमाल आइरन स्टिलले ४२ हजार ११८ मेट्रिक टन रहेको छ। लोकमान्य गोल्छाको हुलास वायर इन्डस्ट्रिजले ४१ हजार २७५ बिलेट आयात गरेको छ। 

शोभाकर न्यौपानेको जय अम्बे स्टिलले २ वर्षमा ९२ हजार ७३८ मेट्रिक टन स्पञ्ज आइरन र बिलेट नेपाल भित्र्याएको छ। जय अम्बेले ०७६/७७ मा २१ हजार १५५ मेट्रिक टन आयात गरेकोमा गत वर्ष ७१ हजार ६२३ मेट्रिक टन आयात गरेको छ। न्यौपानेकै अम्बे स्टिलले ९७ हजार ७५९ मेट्रिक टन आयात गरेको छ। ०७६/७७ मा ५० हजार ८८७ र ४६ हजार ८७२ मेट्रिक टन रहेको छ। 

सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टिलले २ वर्षमा ७० हजार ११७ मेट्रिक टन विलेट आयात गरेको छ। पुनम चन्द अग्रवाल अशोक स्टिलले २ हजार ७४ मेट्रिक टन आयात गरेको छ। 

मिन बहादुर गुरुङ सञ्चालक रहेको काठमाडौं स्टिलले ८८ हजार ६७१ मेट्रिक टन आयात गरेको छ। देशका मुख्य सहरमा सुपरमार्केट सञ्चालन गरिरहेका भाटभाटेनीका सञ्चालक समेत रहेका गुरुङले आर्थिक वर्ष ०७६/७७ मा ३९ हजार ६०७ र गत आर्थिक वर्ष ४९ हजार ६४ मेट्रिक टन आयात गरेका छन्। 

सत्यनारायण केयलको नारायणी स्पिातले ६९ हजार ८९५ र नारायण्ी रोलिङ मिल्सले ११ हजार ८३३ मेट्रिक टन आयात गरेका छन्। जगदिश प्रसाद अग्रवालको कमला रोलिङ मिल्सले दुई वर्षमा २३ हजार ७३० मेट्रिक टन आयात गरेको छ। 

सीताराम उप्रेतीको एस.आर स्टिलले ४४ हजार ५०१ मेट्रिक टन विलेट आयात गरेको छ। कपिल विमलीको पाथिभारा स्टिल इन्डस्ट्रिजले २६ हजार ६१६ आयात गरेको छ। 

अन्जन श्रेष्ठ सञ्चालक रहेको लक्ष्मी ग्रुपक प्रवर्द्धक रहेको सिद्धि लक्ष्मी स्टिलले ८० हजार २८८ मेट्रिक टन आयात गरेको छ। 

साखः स्टिलले २ वर्षमा १२ हजार ७४१ मेट्रिक टन बिलेट आयात गरेको छ। गनेशभक्त साखः सञ्चालक रहेको उद्योगले ०७६/७७ मा ६ हजार ५३६ र गत आर्थिक वर्षमा ६ हजार २०५ मेट्रिक टन आयात हुन्छ। 

नन्दलाल गोयन्काको एभरेष्ट रोलिङ इन्डस्ट्रिसले ३१ हजार २३३ मेट्रिक टन आयात गरेको छ। ०७६/७७ मा १५ हजार ५०८ र अघिल्लो वर्ष १५ हजार ७२५ मेट्रिक टन आयात भएको छ। 

प्रदिप कुमार कावराको फेरो स्टिलले ५ हजार ६६८ मेट्रिक टन आयात गरेको छ। मुन्नाप्रसाद सेनुरिया बानियाँको गोदावरी स्टिलले २१ हजार ७२५ मेट्रिक टन आयात भएको छ। 

बाला कृष्ण श्रेष्ठ सञ्चालक रहेको हामा आइरन एन्ड इन्डस्ट्रिजले ४२ हजार ११८ मेट्रिक टन आयात गरेको छ। रुपन्देहीमा रहेको  अजय गोयन्काको गोयन्का स्टिलले ७५ हजार ६३५ मेट्रिक टन आयात गरेको छ। 

विगत दुई वर्षको बिलेट आयातको तथ्यांक 

क्र.सं. उद्योगको नाम परिमाण (मेट्रिक टन)
जगदम्बा स्टिल ३ लाख ९२ हजार
श्री स्टिल १ लाख ७० हजार
प्रिमियर स्टिल १ लाख ४८ हजार
 विजयश्री स्टिल १ लाख २८ हजार
पञ्चकन्या स्टिल १ लाख २६ हजार
अम्बे स्टिल १ लाख ९० हजार
आरती स्ट्रिप ९६ हजार
गोयन्का स्टिल ७६ हजार
लक्ष्मी स्टिल ७० हजार
१० साखः स्टिल १३ हजार
११ सिद्धिलक्ष्मी स्टिल ८० हजार
१२ काठमाडौं स्टिल ८९ हजार

१२ अर्बकाे स्पञ्ज आइरन आयात, कसले कति आयात गरे? 
डण्डी व्यवसायीहरुले विगत दुई वर्षमा १२ अर्ब ६२ करोड ८३ लाख रुपैयाँको स्पन्ज आइरन (बिलेटको कच्चा पदार्थ) आयात गरेका छन्। 

स्पञ्ज आइरन आयात गर्नेमा पनि जगदम्बा स्टिल सबैभन्दा अघि रहेको छ। २ वर्षमा करिब २ लाख मेट्रिक टन आयात गरेको छ। 

०७६/७७ मा ८४ हजार ६४९ मेट्रिक टन स्पञ्ज आयात गरेको जगदम्बाले गत आर्थिक वर्षमा १ लाख १४ हजार ८७२ मेट्रिक टन आयात गरेको छ। 

अशोक स्टिलले ४८ हजार ७७३ , नारायणी स्पातले ४८ हजार ७७४, अम्बे स्टिलले १८ हजार ३५६, पशुपति आइरन  १३ हजार २९९,एमएस हाईटेकले स्टिलले ७२७ मेट्रिक टन स्पञ्ज आयात गरेको तथ्यांकले देखाएको छ। 

भर्खरै बिलेट उत्पादन शुरु गरेको विष्णु न्यौपानेको सर्बोत्तम स्टिलले गतआर्थिक वर्षमा २ हजार ४२५ मेट्रिक टन स्पञ्ज आयात गरेको थियो। यसअघि नै बिलेट उत्पादन गरिरहेको विष्णुप्रसाद न्यौपानेले लक्ष्मी स्टिलमार्फत १३ हजार ९६६ स्पञ्ज आयात गरेका छन्।  

विगत दुई वर्षको स्पञ्ज आइरन आयात 

क्र.सं. उद्योगको नाम परिमाण (मे.टन) 
जगदम्बा २ लाख
२   अशोक स्टिल ४९ हजार
नारायणी स्पात ४९ हजार
अम्बे स्टिल १८ हजार
लक्ष्मी स्टिल १४ हजार
पशुपति आइरन १३ हजार
सर्वोत्तम स्टिल २५ सय (१ वर्षमा)

स्राेत : अर्थ मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .