कारोबार


बजारमा टाटा मोटर्सको १३.७ प्रतिशत हिस्सेदारी, एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

बजारमा टाटा मोटर्सको १३.७ प्रतिशत हिस्सेदारी, एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

नेपालखबर
कात्तिक १७, २०७८ बुधबार १५:५०, काठमाडौँ

टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ। 

कम्पनीले अक्टोबर २०२१ मा ३३ हजार ९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गरकेो जनाएको छ। 

गत वर्ष यही अवधिमा २३ हजार ६ सय युनिट्सको तुलनामा वर्षगत आधारमा ४४ प्रतिशतले वृद्धि भएको थियो। 

अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५ हजार ७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गरेको थियो। 

एक दशकभन्दा बढी समय ब्रान्डका लागि कामका गरिरहँदा २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो। त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले अघिल्लो महिना १३.७ प्रतिशत बजार हिस्सेदारी दर्ज भएको टाटाले जनाएको छ। 

‘यो टाटाका लागि महत्वपूर्ण आँकडा हो। भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बाबजुद पनि टाटाले आजको दिनमा लगातार ३ अंकको बिक्री–वृद्धि दर्ज गरिरहनु चानचुने उपलब्धि होइन’, कम्पनीले भनेको छ।  

टाटाले अघिल्लो महिना सबै कार निर्माताहरूको बीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रहन सफल भएको थियो। 

सो क्रममा उसले महिन्द्रा, किआ, टोयोटा, रेनाे र होन्डालाई उछिनेको थियो। टाटाले दोस्रो स्थानमा रहेको हुन्डाईसँगको अन्तरलाई पनि कम गरेको छ। यी दुई कम्पनीबीच जम्मा ३ हजार ९५ युनिट्सको मात्रै फरक देखिएको छ। 

टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयुभी ल्याएको छ र यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईसँगको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। 

पन्च कम्पनीको एसयुभी पोर्टफोलियोमा नेक्सन कम्प्याक्ट एसयुभीको मुनि छ। अनि, प्रतिस्पर्धीका रूपमा पनि बेस भेरियन्ट (एक्स–शोरुम) का लागि भारतीय बजारमा यसको मोल ५.४९ भारतीय रुपैयाँ आउँछ।

अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायतीे कार हो– पन्च। यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ। साथै यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ।

अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्रीे बढाउँदै नयाँ रेकर्ड कायम गर्दै छ। यस वर्षको सुरुआतमा टाटाले थ्री–रो सफारी लन्च ग¥यो, जसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ। 

नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो, जसले शून्य उत्सर्जन गर्छ। र, अपडेटेड टिगोर ईभीले हालसालै जिप्ट्रोन प्रविधिलाई आत्मसाथ गरेको छ।

यस्तै नयाँ–नयाँ रेकर्ड र सुविधाका कारण टाटाले आफ्नो लोकप्रियतालाई अझै बढाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad