बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहक महानुभावहरुलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।
बैंकका अनुसार यस सम्झौतापश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने ओपीडीबाहेका सम्पूर्ण स्वास्थ्यसम्बन्ध सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १५ प्रतिशतसम्म छुट पाउनेछन्।
सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया