भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले जहाज निर्माता एयरबससँग तीन सयवटा नयाँ जहाज ल्याउने सम्झौता गरेको छ।
एयरबसले कुनै एउटै एयरलाइन्सले धेरै जहाज खरिद सम्झौता गर्नु ठूलो ‘डिल’ भएको जनाएको छ।
कम्पनीले एयरबस ए३२० र ए३२१ नियो र ए३२१ एक्सएलआर सिरिजका जहाज ल्याउने बताएको छ।
एयरबसका कर्यकारी प्रमुख गुइलाम फरीले इन्डिगो एयरबस ए३२० को विश्वकै सबैभन्दा ठूलो ग्राहक भएको बताए।
इन्डिगोले अहिलेको मूल्यअनुसार एयरबससँग करिब ३३ अर्ब डलरका जहाज माग गरेको हो। तर एयरबसले कहिलेसम्म इन्डिगोलाई जहाज हस्तान्तरण गर्छ भन्ने घोषणा गरिएको छैन।
इन्डिगोले नेपालमा पनि नियमित उडान गरिरहेको छ ।
3
Shares

प्रतिक्रिया