एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटी मार्फत ग्राहक माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ। हालसम्म यसमा ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकले जनाएको छ।
यस भाइबर कम्युनिटी मार्फत ग्राहकको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले ‘एनआईसी एशिया भाइबर क्वीज विज’ समेत सञ्चालनमा ल्याएको छ। जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन्।
यही असोज १४ देखि कात्तिक १० गतेसम्म सञ्चालन हुने यस ‘एनआईसी एशिया भाइबर क्वीज विज’ मा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्नेछन्। यसका लागि बैंकको भाइबर कम्युनिटीमा जोडिई त्यहाँ रहेको बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ।
प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले सही जवाफ दिनुपर्ने हुन्छ।
यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सने र जति धेरै सही जवाफ दिन्छन् त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ। बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ।
यस प्रतियोगिताका अन्य नियम तथा शर्त बैंकको वेबसाइटमा उपलब्ध छन्। भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबरभित्र सर्च बक्समा गई यस बैंकको नाम खोज्नुपर्ने हुन्छ ‘एनआईसी एशिया बैंक’।
जसमार्फत बैंकको ‘एनआईसी एशिया भाइबर क्वीज विज’ योजनामा सहभागिता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया