ad ad

कारोबार


सञ्चय कोषको कुल लगानी ४ खर्ब ३६ अर्ब पुग्यो

सञ्चय कोषको कुल लगानी ४ खर्ब ३६ अर्ब पुग्यो

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार १३:२५, काठमाडौँ

कर्मचारी सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/०७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ। 

हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे  संचय  कोषले जानाकारी गराएको हो। 

कोषको ६०औँ वार्षिकोत्सवको अवसरमा सो जानकारी गराएको हो।

आज आयोजित कार्यक्रममा कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए।

कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले भने, ‘सञ्चयकर्ताहरुको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पु¥याउँछ।’ 

उनले उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्ने र व्यापारघाटा कम गर्न सहयोग गर्ने बताए। 

उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र  कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई  सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे।

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ। 

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख प्रदान गर्दछ। 

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार काजकिरिया खर्च उपलब्ध गराउँछ। 

यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ।   

वि.सं. २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं. २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं. २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .