ad ad

कारोबार


अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्नः कसको स्वार्थका लागि गभर्नरलाई फोन गर्नुभयो?

अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्नः कसको स्वार्थका लागि गभर्नरलाई फोन गर्नुभयो?

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १४:२६, काठमाडौँ

सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मालाई खरो प्रश्न गरेका छन्। 

केही दिनअघि सेयरबजार घटेको विषयमा अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेका थिए। 

सोसँगै फोन गरेको दिन सेयरबजार ह्वात्तै बढेको थियो। त्यसको अघिल्लो दिनचाहिँ ह्वात्तै घटेको थियो। 

यही विषयमा अर्थमन्त्रीमाथि सुवालले प्रश्न उठाएका हुन्। 

संसदमा सुवालले भने– (उनकै शब्दमा) 
अर्थमन्त्रीज्यूले अस्ति ३७ लाख सेयर कारोबार गर्ने मान्छे रहेछन्, सय जनाले मात्र फाइदा उठाउने कुरा बोल्नुभयो। पछि सेयर कारोबारमा मूल्य घट्यो भनेर समाचार आयो अनि अर्थमन्त्रीज्यूले राष्ट्र बैंकको गभर्नरलाई फोन गर्नुभो। 

फेरि सेयरको मूल्य बढ्यो भनेर आयो, के अर्थमन्त्रीज्यूको फोनले सेयरको मूल्य बढ्छ? कसको स्वार्थको निम्ति अर्थमन्त्रीज्यूले (गभर्नरलाई) फोन गर्नुभयो? 

उहाँले अगाडि भन्नुभयो सय जनाले मात्र फाइदा लिएको सेयर कारोबारमा भनेर बोल्नुभयो। पछि ३७ लाखलाई नोक्सान पर्ने गरी उहाँले गभर्नरलाई फोन गर्नुभो र त्यसपछि सेयरलाई माथि उठाइदिनुभयो, कसको स्वार्थको निम्ति? त्यो के दैनिक सिटामोल नपाएका मजदुर किसानले सेयर किनेको सेयर मूल्य बढाउनुभएको हो? उहाँले? 

त्यसकारण आर्थिक घोटाला भएको विषयमा सरकारको अर्थमन्त्रीले सदनमा स्पष्ट रुपमा जानकारी दिनुपर्यो। 

साथसाथै नेपालकै धनी मानिसको आर्थिक सेयर कारोबारमा हुने, सम्पत्ति कति बढ्यो भनेर सार्वजनिक नहुने, र यसलाई कहिले टुंगोमा पुर्याउने? 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .