ad ad

कारोबार


दीपावली आउनै लाग्दा माटोको भाँडा बनाउन भ्याइनभ्याइ

दीपावली आउनै लाग्दा माटोको भाँडा बनाउन भ्याइनभ्याइ

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ८:४३,

तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा–२ स्थित कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ।

एक बिहानैदेखि अबेर रातिसम्म माटोको भाडा बनाउने काममा व्यस्त छन्, उनीहरु। उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने। सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए।

कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ। भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको छ।
एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ। दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ।

‘तिहार र छठ पर्वका लागि आवश्यक पर्ने माटोको भाडा बनाउँदा बनाउँदै दिन बित्छ’, सियाराम पण्डितले भने, ‘तिहार र छठ पर्व मेरो लागि वर्षभरिको ऋण चुक्ता गर्ने अवसर हो । घर चलाउन पसलबाट लिएको उधारो तिहार र छठ पर्वमा माटोको भाडा बेचेर चुक्ता गर्नु छ।’

सियारामसँगै देवनारायण पण्डितलाई पनि दियो, चौमुखे दियो, कलशलगायतका सामग्री बनाउन भ्याइनभ्याइ छ। तिहार र छठ पर्वमा खर्च कटाएर ती सामग्री बेचर करिब ३० हजारसम्म बचत हुने भएकाले उनीहरु अहोरात्र यो काममा खटिएका छन्। रोजगारी अभावमा फुर्सदमा घरमा बस्ने महिलाहरु पनि यतिबेला सो काममा पुरुषहरुलाई सहयोग गर्ने गरेका छन्।

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ। आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडो बनाई गाउँघरदेखि सहरसम्म बेच्ने गरेको छ । सरकारले यो पेशालाई संरक्षण गर्नुपर्ने उनीहरुको माग छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .