कारोबार


भैरहवा विमानस्थलको प्रगतिबारे गृहमन्त्री खाणले लिए जानकारी

भैरहवा विमानस्थलको प्रगतिबारे गृहमन्त्री खाणले लिए जानकारी

नेपालखबर
भदौ ९, २०७८ बुधबार १४:४४, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर उनले विमानस्थलमा भएको प्रगतिबारे जानकारी लिएका हुन्। 

गृहमन्त्री खाणले विमानस्थलको उद्घाटन गर्न सकिने मिति, सम्पन्न काम र गर्न बाँकी रहेका कामका बारेमा कोइराला र पोखरेलसँग जिज्ञासा राखेको उनको सचिवालयले जनाएको छ। 

जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिवेशन फ्लाइट’का लागि भारतलाई आग्रह गरिएको र उनीहरूको टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्था हुने जानकारी गराएका छन्। 

अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र ‘फिनिसिङ’ गर्ने काम भइरहेको पनि उनीहरुले गृहमन्त्री खाणलाई जानकारी गराएका छन्। 

छलफलका क्रममा उनले भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि आन्तरिक उडान ‘प्रेसर’ पर्छ कि पर्दैन भनेर पनि चासो राखेका थिए। 

जवाफमा महानिर्देशक पोखरेलले कुनै असर नगर्ने जानकारी गराएका थिए। मन्त्री खाणलाई कोइराला र पोखरेलले विमानस्थल निर्माणका क्रममा भएको प्रगति, देखिएको समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad