ad ad

कारोबार


उपत्यकाको मुख्यनाकामा सुरुङमार्ग निर्माण हुँदै, सोमबार शिलान्यास

उपत्यकाको मुख्यनाकामा सुरुङमार्ग निर्माण हुँदै, सोमबार शिलान्यास

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १०:४८,

अर्थमन्त्री डा. युवराज खतिवडाले दातृनिकायहरुसँग जहिले पनि विकासको लािग सहयोग माग गर्दा सहुलियत ऋणको कुरा उठाउँछन्। हाल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका उनको मुख्य एजेण्डा नै सहुलियत ऋण रहेको छ।

सहुलियत ऋणमा नै अर्थात् नेपालले चाहेकै मोडेलमा नौबीसे–नागढुङगा सडकखण्डमा दुईवटा फ्लाई ओभरसहितको सुरुङमार्ग निर्माण हुँदै छ।

भोलि (सोमबार) प्रधानमन्त्रीले शिलान्यास गरी उक्त सुरुङमार्ग निर्माणको सुरुवात गर्ने सडक विभागले जानकारी दिएको छ। उक्त सुरुङमार्ग जापान सरकारको सहुलियत ऋणमा निर्माण हुनलागेको हो। सुरुङमार्ग निर्माणको लागि कुल लागत २२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। जसमध्ये १६ अर्ब रुपैयाँ जापानले सहुलियत ऋण प्रदान गर्नेछ भने छ अर्ब रुपैयाँ नेपालले आन्तरिक स्रोतबाट जुटाउनेछ।

जापान सरकारले प्रदान गर्ने ऋणमा नेपालले ०.०१ प्रतिशत मात्रै ब्याज तिर्ने सम्भ्झौता भएको सडक विभागका महानिर्देशक केशव कुमार शर्मा बताउँछन्। उनका अनुसार निर्माणको लागि पनि जापानी हाज्मारआन्दो कर्पोरेसन कम्पनीसँग सझौता भइसकेको छ। जापानी कम्पनीसँग १३ अर्ब रुपैयाँको निर्माण सझौता भएको र २२ अर्बको बाँकी रकम मुआब्जामा खर्च गरिनेछ। भोलिदेखि निर्माण सुरु हुने उक्त सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गरिसक्ने विभागको भनाइ छ।

कस्तो हुनेछ सुरुङमार्ग?
उक्त परियोजनाको डीपीआरअनुसार सुरुङमार्ग थानकोटस्थित किसिपढी खोल्सीदेखि धादिङको सिस्नेखोलासम्म निर्माण हुनेछ। यसको लम्बाइ २ दशमलव ७ किमिको हुनेछ। पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क सडक र पूर्वतर्फ २ हजार ३ सय ७ मिटरको सडक निर्माण हुनेछ। सुरुङमार्गको क्यारिज वे ९ दशमलव ५ मिटरको हुनेछ। दुईवटा लेन हुनेछन्। सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ। सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण हुने हुने डीपीआरमा उल्लेख छ।

सिस्नेखोलातिर ४४ रोपनीमा सर्भिसिङ स्टेसन, चमेना गृह, फ्युल स्टेसन, रिफ्रेसमेन्ट सेन्टर, स्थानीय उत्पादित सामग्रीहरु प्रदर्शन गर्ने स्थललगायतका संरचना निर्माण हुनेछ। सुरुङमार्गको प्रवेश मार्ग छेउमा मेन्टिनेन्स बिल्डिङ समेत बन्नेछ। यसले सुरुङमार्ग मर्मत र कुनै समस्या आए त्यसको समाधान गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .