गत आर्थिक वर्ष २०७७/०७८को वित्तीय विवरण सबै बैंकहरुले सार्वजनिक गरेका छन्।
उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणको अवस्थाबारे नेपाल बैंकर्स संघले समेत समीक्षा गरेर बैंकको स्थान समेत तय गरेको हो।
बैंकर्स संघले वाणिज्य बैंकहरुको सूचकाङ्कहरुको आधारमा बैंकहरुको स्थानहरु आँकलन गरेको हो।
बैंकर्स संघका अनुसार नाफाको आधारमा नविल बैंक शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा ग्लोवल आइएमई बैंक रहेको छ।

नबिल बैंकले एक वर्ष अवधिमा ४ अर्ब ५० करोड र ग्लोवल आईएमई बैंकले ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको हो।
सबैभन्दा कम नाफा रहेको बैंकमा भने सिभिल बैंक देखिएको छ। जसको ५५ करोड रुपैयाँ रहेको नेपाल बैंकर्स संघले जनाकारी दिएको हो।
त्यस्तै वितरण योग्य नाफामा भने राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ। दोस्रोमा नबिल बैंक देखिएको हो।

वितरणयोग्य नाफा राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ५२ करोड रुपैया रहेको छ।
नबिल बैंकको ४ अर्ब १४ करोड रुपैंया रहेको छ। सबैभन्दा कम वितरणयोगय मुनाफा भएको बैंकमा भने सिभिल देखिएको हो। सिभिल बैंकको विरतणयोग्य मुनाफा ४९ करोड रुपैयाँ रहेको छ।
खराब कर्जामा कम रहनेमा भने एभरेष्ट बैंक अगाडि छ भने रहेको छ। धेरै खराब कर्जा रहनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। जसको क्रमश शुन्य दशमलव १२ प्रतिशत र ३ दशमलव ०७ प्रतिशत रहेको छ।
प्रतिसेयर आम्दानी राष्ट्रिय वणिज्य बैंकको धेरै देखिएको हो। राष्ट्रिय वणिज्य बैंकको ४१ रुपैंया ३२ पैसा र सबैभन्दा कम सिभिल बैंकको ६ रुपैंया ४७ पैसा देखिएको हो।

निक्षेप संकलनमा एनआइसी एसिया बैंकले सबैलाई जितेको छ। एनआईसी एसियाले एक वर्ष अवधिमा ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो। एक वर्ष अवधिमा एनआईसी एसिया बैंकले २ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हो।
दोस्रोमा ग्लोबल आईएमई बैंक २ खर्ब ८३ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बंगलादेश बैंक रहेको र जसले ८९ अर्ब रुपैयाँ संकलन गरेको नेपाल बैंकर्स संघले जानकारी दिएको हो।

सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। जसले ७१ खर्ब ४७ करोड रुपैयाँ कर्जा प्रभाव गरेको हो।
Shares

प्रतिक्रिया