ad ad

कारोबार


राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था छः अर्थमन्त्री

राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था छः अर्थमन्त्री

नेपालखबर
साउन २६, २०७८ मंगलबार १५:५२, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले सरकारले राजस्वबाट चालू खर्च समेत धान्न नसक्ने अवस्था रहेको बताएका छन्। 

वर्तमान सरकारको देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री शर्माले राजस्व संकलनको कमजोर अवस्थाबारे उल्लेख गरेका हुन्। 

आर्थिक वर्ष ०७७÷०७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब रुपैयाँ संकलन भएकोमा संघीय राजस्व ८ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ। यसले चालू खर्च समेत नधानको अर्थमन्त्री जनादर्श शर्माको भनाइ छ। 

पछिल्ला वर्षहरुमा राजस्व वृद्धि भए पनि यो दिगो नरहेको उनको धारणा छ। 

उनले श्वेतपत्र प्रस्तुत गर्दै भने, ‘नेपालको राजस्व आयातमा निर्भर रहेको छ। आयात बढ्दा राजस्व बढ्ने र आयात घट्दा घट्ने अवस्था छ।’

समग्र राजस्वको अनुपातमा आन्तरिक राजस्वको अंश नबढेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .