कारोबार


‘नबिल डिबेन्चर २०८५’ मा आजदेखि आवेदन दिन सकिने

‘नबिल डिबेन्चर २०८५’ मा आजदेखि आवेदन दिन सकिने

नेपालखबर
साउन १०, २०७८ आइतबार १७:३७,

नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्काशन गरेको छ।

‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको छ। ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याज पाइने छ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad