ad ad

कारोबार


अस्ट्रेलियाबाट अण्डा ल्याएर बाँकेको खजुरामा कालिजपालन, एउटैको मूल्य ३५ सय पर्ने

अस्ट्रेलियाबाट अण्डा ल्याएर बाँकेको खजुरामा कालिजपालन, एउटैको मूल्य ३५ सय पर्ने

नेपालखबर
साउन १०, २०७८ आइतबार १४:३०,

पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन सुरु भएको छ। 

१४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५ लाख रुपैयाँको फार्म निर्माण गरेर कालिजपालन सुरु गरिएको हो ।

खजुरा गाउँपालिका वडा न.४ का दीपक पौडेलले गत चैत ५ गतेदेखि खजुरा कृषि फार्म दर्ता गरेर व्यावसायिक कालिजपालन सुरु गरेका हुन्। 

उनीसँग यतिबेला १ हजार कालिज छन्। फार्मका कालिज आउँदो दशैँसम्ममा तयार भइसक्ने पौडेलको भनाइ छ। 

अष्ट्रेलियाबाट अण्डा मगाएर आफैँले ह्याचरिङ गरी चल्ला निकालेको पौडेलले बताए। साथै व्यवसायी पौडेलले खानलायक भएका कालिजलाई ३५ सय रुपैयाँमा बिक्री हुने बताए।

कालिज व्यवसायी पौडेलले भने, ‘दशैँ पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छ, मैले अष्ट्रेलियाबाट कालिजको अण्डा मगाएर आफैँले ह्याचरिङ गरी चल्ला निकालेको हुँ, एउटा चल्लाको १४ सय रुपैयाँ पर्छ, खानलायक भइसकेको कालिजको एउटैको ३५ सय रुपैयाँमा बिक्री हुन्छ, जति ठूलो होस ३५ सयमा बिक्री गर्ने योजना छ।’

केही भाले र पोथी कालिज चल्ला बनाउनका लागि राख्ने र अरु बिक्री गर्ने योजना रहेको कालिज व्यवसायी पौडेलले सुनाए।

करिब ५० लाख लागतमा कालिज पालनमा लागेका पौडेल बाँकेमा कालिजपालन गर्न तापक्रम नै ठूलो चुनौती भएको बताउँछन्। २५ डिग्री सेल्सियसमा कालिज पाल्न चुनौती नभए पनि त्योभन्दा माथि ठूलो चुनौती हुने उनले बताए। 

यही चुनौतीलाई मध्यनजर गर्दै बाँकेको तापक्रमसँग मिल्ने गरेर अण्डा त्यहीँ मगाएर ह्याचरी गरेको कालिज पालक पौडेलले बताए।

‘कालिजपालनका लागि सबैभन्दा ठूलो चुनौती भनेको तापक्रम हो, २५ डिग्री सेल्सियसमा कालिज सहजै बाँच्छ’, कालिज व्यवसायी पौडेलले भने, ‘बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सियस तापक्रम पुग्छ, त्यसका कालिजको अण्डा घरमै मगाएर ह्याचरी गराएँ, जसका कारण कालिजको चल्ला बाँकेको तापक्रमसँग जुध्न सकोस्!’

कालिजपालनको लागि विभिन्न ठाउँबाट अहिले चल्लाको अत्याधिक माग आइरहेको कालिज पालक पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .